धनगढी । कैलालीको धनगढीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर २ का ८४ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।
प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनको सेतीको कोभिड अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा कडा खालको निमोनियाको समस्या देखिएको थियो । कार्तिक २१ कोरोना पोजिटिभ देखिएको उनलाई सोही दिन नै अस्पताल भर्ना गरिएको थियो ।
