काठमाडौं । नेपाल विद्युत प्राधिकरणका इन्जिनियर १० लाख घुस रकमसहित पक्राउ परेका छन् । ठेकेदार पक्षसँग घूसबापतको रकम लिँदै गरेका बेला प्राधिकरणअन्तर्गत् हेटौंडा–भरतपुर–बर्दघाट आयोजना प्रमुख इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई दस लाख रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । उनका बारेमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

