थप ३०५१ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३०५१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ८५ हजार ९७४ पुगेको छ ।

त्यसैगरी कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १०५२ पुगेको छ । त्यस्तै कोरोना संक्रमण निको भई बिहीबार थप ३४३० जना डिस्चार्ज भएका छन् । योसँगै निको भई डिस्चार्ज हुनेको संख्या एक लाख ४८ हजार ४०८ पुगेको मन्त्रालयले जनाएको छ । आइसोलेसनमा ३६५१४ जना सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टाइनमा १२३२ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *