पहिरोले पुरिएर पाँच मजदुरको मृत्यु

काठमाडौ । कालीगण्डकी करिडोर सडक निर्माणका क्रममा पाँच जना मजदुरको पहिरोले पुरिएर मृत्यु भएको छ ।
पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–३ सखुवामा सडक खन्ने क्रममा आएको सुख्खा पहिरोमा परी उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

पहिरोमा परी मृत्यु हुनेमा गोपाल गरञ्जा, सुनबहादुर पुलामी, ताराबहादुर लुङ्गेली, चेतबहादुर अस्लामी र तुलबहादुर सारु रहेको प्रहरीले जनाएको छ । उनीहरु सबै बुलिङटार–४ का हुन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *