कोरोना संक्रमित थपिएसँगै शुक्लागण्डकीको बजार क्षेत्रमा एक साता लकडाउन

प्रज्जवल थापा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा कोरोना संक्रमित बढेसँगै एक साता लामाे लकडाउन घोषणा गरिएकाे छ ।

बुधबार बसेको नगर कार्यपालिका बैठकले नगरपालिकाभित्र समुदायस्तरमा संक्रमित फैलिएकाे भन्दै अाज राति १२ बजेदेखि कार्तिक २५ गते मध्यरातसम्म लकडाउन गर्ने घोषणा गरेको हो । लकडाउन अवधिमा शुक्लागण्डकी नगरपालिकाका मुख्य तथा अन्य बजार क्षेत्र, कवासे, ढोरफिर्दी र साँखे बजार क्षेत्र बन्द रहनेछन् ।

प्रवक्ता खिमबहादुर कुमालले यस अवधिमा अत्यावश्यक सेवा, स्वास्थ सेवा र औषधिजन्य सेवा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई भौतिक दुरि कायम गरि संचालन गर्न सकिने बताएका छन् । बैंक तथा वित्तीय संस्था, उद्योग, कारखाना, पसल तथा अन्य व्यवसाय र स्थानीयस्तरमा सञ्चालन हुने यातायात साधनहरु बन्द हुनेछन् । कक्षा ११ को परीक्षा बाहेक अन्य शिक्षण संस्थाहरु पनि बन्द हुनेछन् ।

नागरिकलाई अति आवश्यक काममा बाहेक घरबाट बाहिर ननिस्किन र निस्किन परेमा अनिवार्यरुपमा मास्क लगाउन, भौतिक दुरि कायम गर्न र  सुरक्षाकाे मापदण्ड अपनाउन नगरपालिकाले आग्रह पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *