मादक पदार्थ सेवनगरी सवारी चलाउदा दुईको मृत्यु : १०–१० लाख क्षतिपुर्ति दिएर मिलापत्रको प्रयास

काठमाडौ । मादक पदार्थ सेवन गरी सवारी चलाएर दुई जनाको मृत्यु भएको घटनामा पीडितलाई १०– १० लाख क्षतीपुर्ति दिएर ललितपुरको एउटा घटना मिलाउने प्रयास गरिएको छ ।
यही कार्तिक ८ गते नख्खु चोक नजिकै भएको एउटा दुर्घटनामा २ जनाको ज्यान जाने गरी भएको उक्त घटना माथिको दवावको कारण सामसमु पार्ने प्रयास भएको छ ।
बा ८ च १५८१ नम्वरको प्राडोले को २९ प ५०६२ नम्वरको मोटर साईकललाई ठक्कर दिदा मोटर साईकल चालक सिरहाको कर्जना नगरपालिका ६ बस्ने एलु जाउण्ड घले र मोटरसाईकल पछाडि बस्ने मकवानपुर बकैया गाउंपालिका –३ बस्ने संजित परियारको मृत्यु भएको थियो ।
अत्याधिक मादक पदार्थ सेवन गरेका कार चालक साम्राज्यमान श्रेष्ठलाई प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाए जस्तो गरेपनि १०–१० लाख क्षतीपुर्ति दिएर घटनालाई मिलापत्र गराउने प्रयास गरिएको छ ।
दरवारमार्गमा रहेको मेरीगोल्ड ज्वयर्लसका संचालक सुरेशमान श्रेष्ठ र श्रीमती ज्योत्सना श्रेष्ठका छोरा साम्राज्यमान श्रेष्ठलाई केही नभएपनि अहिले अस्पताल भर्ना गरेर राखिएको छ ।
ललितपुर प्रहरी परिसरले पनि उक्त घटनालाई गुपचुप बनाएर राख्नुका साथै ललितपुर परिसरका प्रमुख, एसएसपी टेकप्रसाद राईले घटनाको बारेमा महानगरीय प्रहरी कार्यालयलाई समेत गुमराहमा राख्ने गरी जानकारी गराएको र उक्त घटनाको बारेमा नेकपाका उच्चतहका नेताहरु समेत लागेको बताइएको छ ।
पीडित पक्षलाई डर र धम्की दिएर केस मिलापत्र गराउने प्रयास भइरहेको पीडितका एक आफन्तले बताए । घटनालाई बाहिर नलैजान हामीलाई पटक पटक दवाव आएको छ पीडितका ती आफन्तले भने ।
पीडक श्रेष्ठका बुवा सुरेशमान आमा ज्योत्सना अहिले बालुवाटर धाउन थालेका छन । मादक पदार्थ सेवन गरेर ठक्कर दिएर ज्यान लिएको घटनालाई प्रहरीले कारवाही गर्नुको सट्टा १०–१० लाख दिएर मिलापत्र गराउने कोसिस गर्नुले प्रहरीको समेत बदमासी रहेको घटनाका प्रत्यक्षदर्शी बताउछन ।
उक्त घटनापछि प्रहरीले तत्कालै घाईते अवस्थामा रहेका २ जनाको उद्धार गर्नुका साथै पीडकलाई पक्राउ गरेको थियो । श्रेष्ठका परिवारले तत्कालै चालक परिर्वतन गरेर साम्राज्यलाई जोगाउन भरमजदुर प्रयास गरेको भएपनि उक्त प्रयास भने सफल हुन सकेन एक प्रहरी अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए ।
घटनास्थल नजिकै सीसीटिभी क्यामरा भएको कारण उनीहरुको प्रयास भने असफल भएको बताइएको छ । प्रधानमन्त्री केपी ओलीसंग पहुच राख्न सक्ने हैसियत भएका पीडकका परिवारले प्रहरीलाई समेत प्रभावमा पारेको आरोप लागेको छ । ललितपुर प्रहरीले भने घटनाको बारेमा कारवाही अगाडि बढेको दावी गरेको छ ।
उक्त घटनाका बारेमा समाचार बाहिर आएपछि महानगरीय प्रहरी कार्यालय रानी पोखरी र प्रहरी प्रधान कार्यालयले समेत घटनाको बारेमा चासो देखाएको छ । उक्त घटना किन मिलापत्र गराउन खोजियो भन्दै प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर ललितपुरलाई सोधनी गरेको छ ।
घटना भएको स्थानमा ट्राफिक प्रहरीले स्पिड लिमिट १५ देखि २० प्रतिघन्टा तोकेको भएपनि पीडकले ६० भन्दा बढीको स्पिडमा सवारी चलाएको देखिन्छ ती अधिकृतले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *