नेपालका लागि वेलायती पूर्वराजदूत मोरिसको सम्मानमा पुरस्कार घोषणा

काठमाडौं । तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन आयोजक समितिले नेपालका लागि ब्रिटिश पूर्वराजदूत रिचर्ड मोरिसको सम्झनामा रिचर्ड मोरिस सम्मान पुरस्कार घोषणा  गरेको छ । यो पुरस्कार २०२१ मा मे २०२१, मे २९ मा तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनको एक सर्वश्रेष्ठ धावकलाई पुरस्कृत गरिनेछ ।

रिचर्ड मोरिस सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायतका राजदूत थिए । केही समय अघि लन्डनमा उनको मृत्यु भएको थियो । रिचर्ड मोरिसले तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनमा दुई पटक भाग लिएका थिए । पहिलो पटक उनले २०१६ मा लुम्बिनीको माया देवी मन्दिरबाट ओलम्पियन बैकुंण्ठ मानन्धर र उनको टीमले बोकेर ल्याएको बुद्ध दीप त्याङबोचे गुम्बाबाट नाम्चे बजारसम्म ८ किलोमिटर ८४८ मिटरको सगरमाथाको उचाइको बराबर दूरी पूरा गरेका थिए । भने दोस्रो पटक २०१९ मा ४२.१९५ किलोमिटर ओलम्पिक मानकको दूरीको म्याराथन पूरा गरेका थिए ।

स्वर्गीय रिचर्ड मोरिसलाई सम्मान गर्नु भनेकै नेपाल ब्रिटेन २०४ बर्षको मित्रताको सम्मान गर्नु रहेको तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन कार्यक्रमका परिकल्पनाकार बिक्रमले बताएका छन् । “कूटनीतिज्ञ रिचर्ड सबै नेपालीको प्रिय साथी थिए” म्याराथन समितिले अर्को वर्षदेखि उहाँको श्रद्धाञ्जली स्वरुप सगरमाथाको बराबर उचाइ झल्किने ८ किलोमिटर ८४८ मिटरको दूरीमा Excellency Ambassdor Mount Everest Trail Run”अर्थात् “महामहिम राजदूत माउन्ट एभरेष्ट ट्रेल रन” को नाममा एउटा छुट्टै दौड प्रस्तुत गर्ने निर्णय गरेको छ ।

आफ्नो कार्यकालमा उनले २०० वर्षको नेपाल ब्रिटिश कूटनीतिक सम्बन्धको उत्सवमा निर्णायक भूमिका खेले थिए । उनले यस उत्सवको एक हिस्साका रूपमा नेपालमा राजकुमार ह्यारीको उच्चस्तरीय भ्रमणको आयोजना गरे । उनी एक राम्रो म्याराथन धावक थिए र सधैं मानवीय उद्देश्यका लागि सहयोगी थिए ।

तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन उनले नेपाली समाजलाई दिएको योगदान कदर गर्दछ । तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनको स्थापना काल देखिनै तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनलाई सहयोग र अथक समर्थन दिएकोमा नेपालस्थित ब्रिटिश दूतावासप्रति आयोजक समितिले आभार प्रकट गरेको छ ।

रिचर्ड मोरिस सन् १९६५ नोभेन्बर १ तारिखका दिन लण्डनमा जन्मिएका थिए । उनको जन्म मिति पारेर आयोजक समितिले यो पुरस्कार घोषणा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *