पूर्व समूहभित्रको समीकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्यः ईश्वर पोखरेल

काठमाडौ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले एकताकावेला गरिएको सहमति विपरीत पूर्व समूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको टिप्प्णी गरेका छन् ।

पार्टी विभाजनको गम्भीर मोडमा पुगेको समाचार सार्वजनिक भइरहेका बेला सोमबार ट्वीट गर्दै पोखरेलले यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘एकताकावेला गरिएको सहमति विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो । यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खवरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं !!’

यसअघि नेकपाका महासचिव विष्णु पौडेलले आइतबार सामाजिक संजालमार्फत पार्टी एकता गम्भीर संकटमा परेको भन्दै एकता कायम राख्न नेता कार्यकर्तालाई सकारात्मक पहल गर्न आग्रह गरेका थिए ।

पार्टी एकता रक्षाका लागि सकारात्मक योगदान गर्न नेता, कार्यकर्तालाई महासचिव पौडेलको आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *