दाङको तुलसीपुरमा थप एक स्वास्थ्यकर्मी सहित १४ जनामा कोरोना संक्रमण पुष्टि

  • 2
    Shares

 

दाङ । दाङको तुलसीपुरमा थप एक स्वास्थ्यकर्मी सहित १४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकमा संकलन गरिएको स्वाव परिक्षण गर्दा तुलसीपुरका एक जना स्वास्थ्यकर्मी सहित १४ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा तुलसीपुर उपमहानगरापालिका १ का १ जना पुरुष, ५ का २ जना पुरुष, ६ का ४ जना पुरुष, ७ का १ जना महिला, ९ का एक जना महिला रहेका छन् । यस्तै वडा नम्वर ११ का १ जना पुरुष, १२ का एक जना पुरुष, १५ का १ जना पुरुष , १७ का एक जना महिला र १९ का एक पुरुष रहेको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

योसंगै तुलसीपुरमा मात्रै हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ४ सय ७८ पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या १ सय ८९ रहेको छ भने २ सय ८९ जना संक्रमण मुक्त भईसकेका छन् ।

 


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *