लन्डन । बेलायती प्रहरीले दक्षिण लण्डनमा एक नयाँ बेहुलीलाई विवाहमा कोभिड–१९ नियन्त्रण उपाय उल्लङ्घन गरेको आरोपमा १३ हजार अमेरिकी डलर जरिवाना गरेको छ । प्रहरीले विवाहमा सहभागी करिब २०० पाहुनालाई नियम उल्लङ्घन गरी विवाहमा संलग्न भएको भन्दै घर फिर्ता गरिदिएको लण्डनबाट प्रकाशित इभनिङ स्ट्याण्डर्ड दैनिक पत्रिकाले आइतबार उल्लेख गरेको छ ।
विवाहमा निम्ता दिएकी ती महिलालाई प्रहरीले पक्राउ गरी १३ हजार अमेरिकी डलर जरिवानासम्म तिर्नेगरी धरौटीमा रिहा गरेको छ । प्रहरीले आफूहरूलाई स्थानीय वासिन्दाले विवाहमा कोभिड–१९ नियन्त्रणका लागि तय गरेको नियम उल्लङ्घन गरेको भनी सूचना गरेपछि छापा मारेको थियो । विवाहमा दुलही र एक अन्य व्यक्तिलाई कोरोनाभाइरस नियन्त्रण कानूनअनुसार जरिवाना हुनसक्ने बताइएको छ ।
पत्रिकाले जासुस प्रहरी सुपरिन्टेन्डेन्ट निक्की आरोस्मिथलाई उद्धृत गरी भनेको छ, “यो घटना कोभिड–१९ कानूनको जानाजानी उल्लङ्घन भएको र यसका कारण सङ्क्रमणको फैलिने सम्भावना थप हुने भएकोले उनलाई जरिवाना गर्न सिफारिस गरिएको छ ।” विवाहमा २०० भन्दा बढी मानिस सहभागी भएका कारण यसले सामाजिक दूरी कायम नगरेको देखिएकोले जरिवानाका लागि सिफारिस गरिएको उgको भनाइ छ ।
