काठमाडौँ । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि स्पेन सरकारले आपतकालीन अवस्थासँगै रात्रिकालीन कर्फ्यू लगाउने घोषणा गरेको छ । स्पेन सरकारले आपतकालीन अवस्था घोषणा गरेर राती ११ देखि बिहान ६ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको प्रधानमन्त्री पेड्रो सान्चेजले बताए । कर्फ्यु आजै रातिदेखि लागू हुने प्रधानमन्त्री सान्चेजले जानकारी दिएका छन्न छन् ।
ङ्क्रमण फैलने दर तीब्र रुपमा बढेको भन्दै रोकथामको लागि रात्रिकालिन कर्फ्यू लगाइएको हो । स्पेनमा कोरोना संक्रमितको संख्या ११ लाख नाघेको छ भने साढे ३४ हजारको ज्यान गएको छ ।
