USAID

पाेखरा र धरानमा चार/चारसहित १० काेराेना संक्रमितको मृत्यु

  • 10
    Shares

काठमाडौँ । पाेखरा र धरानमा चार चार/सहित थप १० संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान जारी गरेको विज्ञप्ति अनुसार पोखरामा मात्रै थप चार संक्रमितको मृत्यु भएको छ । ३ पुरुष तथा १ महिला गरी ४ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

सुनसरीमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाका संक्रमित भएको  इनरुवास्थित स्वास्थ्य कार्यालयले जनाएको छ । मृत्यु हुनेमा २ महिला र २ पुरुष छन् ।

धरान–१७ की ६२ वर्षीया महिला, धरान–१५ बाझगराकी ५६ वर्षीया महिला, धरान–१३ का ५३ वर्षीय पुरुष, बराहक्षेत्र –१० का ४२ वर्षीय पुरुषको ज्यान गएको हाे ।

त्यस्तै मोरङ र धनगढीमा १/१ जना संक्रमितको मृत्यु भएको छ ।


  • 10
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *