दशैँ बिदामा बजार अनुगमन : ११३७ मा गुनासो गर्न विभागको आग्रह

काठमाडौँ । सरकारले दशैँको बिदामा पनि बजार अनुगमनलाई निरन्तरता दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँ बिदामा पनि बजार अनुगमन निरन्तर भइरहेको जनाएको छ ।

विभागले बजार अनुगमन निर्देशक रवीन्द्र आचार्यको नेतृत्वमा टोली बनाएको छ । टोलीले जुनसुकै समयमा पनि बजार अनुगमन गरेर अनुचित क्रियाकलाप गर्ने व्यापारीलाई कारबाही गर्नेछ । कुनै व्यापारीले कालोबजारी वा अनुचित व्यापारिक क्रियाकलाप गरेमा टोल फ्री नम्बर ११३७ मा गुनासो गर्न विभागले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *