सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्षको निधन

काठमाडौँ । लामो समयदेखि बिरामी रहँदै आएका सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन हिको ७८ वर्षको उमेरमा निधन भएको छ ।

उनको आइतबार निधन भएको समाचार एजेन्सी एपीले जनाएको छ । सामसुङले शोक विज्ञप्ति जारी गर्दै दिवंगत अध्यक्ष ली कुन हिलाई सम्झिरहने जनाएको छ । एक स्थानीय व्यवसायबाट लीले सामसुङलाई विश्वको अग्रणी कम्पनीमा पुर्याएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *