प्रज्जवल थापा। आज विश्व फूटबलका दुई महारथी क्लब बार्सिलोना र रियल म्याड्रिड भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुकी ७:४५ बजे सुरु हुनेछ ।
यी दुई टोलीबिचको खेललाई “एल क्लासिको” उपनाम दिइएको छ । “एल क्लासिको” विश्व फूटबलमा धेरै हेरिने खेल मध्यको एक हो। स्पेनिस लिग अन्तर्गत हुने खेलमा दुवै टोली जित निकाल्न चाहन्छन् । हाल रियल म्याड्रिड ५ खेलमा ३ जित, १ बराबरी र १ हारसहित १० अङक जोड्दै लिगको तेस्रो स्थानमा छ। बार्सिलोना ४ खेलमा २ जित, १ बराबरी र १ हारसहित ७ अङक साथमा नवौँ स्थानमा छ ।
दुवै टोली म्याड्रिड र बार्सिलोनाले यस खेल जित्दै लिगमा बलियो हुन चाहन्छन् । दुवै टोलीले अहिले राम्रो प्रदर्शन गर्न नसकिराखेको बेलामा एल क्लासिको जित्दै आफुलाई प्रमाणित गर्ने राम्रो अवसर हुनेछ । रियल पछिल्लो खेलमा यसै सिजन ला लिगमा बढुवा भएको काडिजसित पराजित भएको थियो भने बार्सिलोमा गेफाटेसित पराजित भएको थियो ।
कप्तान सेर्जियो रोमसको आगमनले म्याड्रिड थप बलियो देखिएको छ । काडिजविरुद्ध रोमस उपस्थित नहुदा म्याड्रिड कमजोर देखिएको थियो । रोमसलाई डिफेन्डमा साथ भरान, मेन्डी र नाचोले दिने सम्भावना रहेको छ । रियलको गोलपोस्ट भने नियमित उत्कृष्ट प्रदर्शन गरेका कर्टियसले समाल्नेछन् । रियललाई मिडफिल्ड टोनि क्रुस, केसेमिरो र भालभार्डेको साथ हुनेछ भने अग्रपंक्तिमा भिनिसियस र एसेन्सियोले बेन्जिमालाई साथ दिनेछन् ।
बार्सिलोनाका नियमित गोलकिप्पर घाइते भएकलाले गोलपोस्ट नेटोले समाल्नेछन् । सेर्जियो रोबर्ट्रो, जेरार्ड पिके, लेग्लेन्ट, सेर्जियो डेस्टले डिफेन्सको भुमिका निर्वाह गर्नेछन् । सेर्जियो बुस्केट, फ्रेन्की डि जोङ र ट्रिनिकोले मिडफिल्ड समाल्ने सम्भावना छ । युवा खेलाडी अन्सु फाती, फिलिपे कैन्टिन्हो र लियोनल मेस्सीले आर्कमणको भुमिका निर्वाह गर्नेछन् ।
क्रिस्टियानो रोनाल्डोले रियल छोडेयता मेस्सीले म्याड्रिड विरुद्ध गोल गर्न सकेका छैनन् ।
