लेस्चर र आर्सनल विजयी

प्रज्जवल थापा

युरोपा लिगमा इङलिस क्लब लेस्चर सिटि र आर्सनल विजयी भएका छन् । शुक्रवार राती भएको खेलमा लेस्चरले जोर्यालाई ३-० गोलको सहज जित निकालेको हो ।

लेस्चर सिटिको जितमा जेम्स म्याडिसन, हार्भे बार्नेस र केलेची इहेयानाचोले गोल गरे । खेलको २९ औँ मिनेटमा केलेची इहेयानाचोको पासमा जेम्स म्याडिसनले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडी बढाएका थिए । ४५ औँ मिनेटमा इहेयानाचोको पासमा हार्भे बार्नेसले गोल गर्दा लेस्चरले पहिलो हाफमा २-० गोलको अग्रता लिएको थियो ।

६७ औँ मिनेटमा केलेची इहेयानाचोले गोल गर्दै लेस्चर सिटिको जित सुनिश्चित गरे ।

समुह ‘बि’ अन्तर्गत भएको खेलमा आर्सनलले रापिड वेनमाथी २-१ गोलको जित निकाल्यो । आर्सनलको जितमा डेभिड लुइस र इमिरिक अबिमियाङले एक-एक गोल गर्दा वेनका ट्यासीआर्चिस फौन्टासले गरेको गोल सान्त्वनामा सिमित भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *