युरोपा लिगमा टोटेन्हामको विजयी शुरुवात

प्रज्जवल थापा

इङलिस क्लब टोटेन्हामले युरोपा लिगमा विजयी शुरुवात गरेको छ । बिहिबार राती भएको खेलमा टोटेन्हामले लास्कलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटेन्हामलाई जित दिलाउन लुकार मोउरा र ह्युङ मीन सनले एक-एक गोल गर्दा एक गोल उपहार पाएको थियो । घरेलु टोलिले खेलको १८ औँ मिनेटमा लुकास मोउराको गोलमा अग्रता लिएको थियो । उनले भिनिसियसको पासमा गोल गरे ।

२७ औँ मिनेटमा लास्कका आन्द्रेस आन्द्रादेले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि टोटेन्हामले खेलमा अग्रता दोब्बर बनाएको थियो । ८४ औँ मिनेटमा भिनिसियसको पासमा बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ह्युङ मीन सनले गोल गर्दै टोटेन्हामको जित सुनिश्चित गरे ।

समुहको अर्को खेलमा रोयल एन्टवेर्पले लुडागोरेट्स राजग्राडलाई २-१ गोल अन्तरले हराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *