आइपिएलमा हैरबाद विजयी

प्रज्जवल थापा

इन्डियन प्रिमियर लिग(आइपिएल) मा सनराइजर्स हैरबाद विजयी भएको छ । बिहिवार राती भएको खेलमा हैरबादले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा हैरबादले टस जितेर राजस्थानलाइ ब्याटिङको निम्तो दिएको थियो । राजस्थानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रन बनायो । सन्जु स्याम्सनले राजस्थानको लागि सार्वधिक ३६ रन जोडे । उनले २६ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ओपनर उथप्पाले १३ रन जोड्दा बेन स्टोक्सले ३० रन जोडे । जोस बट्लरले ९, स्टिभ स्मिथले १९, रायन परागले २०, राहुल टेवाटियाले २ र जोफ्रा आर्चरले १६ रन जोडे ।

हैरबादको लागि जेसन होल्डरले ४ ओभर बलिङ गर्दै ३३ रन दिएर सार्वधिक ३ विकेट लिए । यस्तै विजय शङ्खर र रसिद खानको नाममा समान एक विकेट रह्यो ।

१५५ रनको विजयी लक्ष्य पछ्याएको सनराजर्स हैरबादले १८.१ ओभरमा २ विकेटको क्षतिमा १५६ रन बनाउदै भेट्टायो । सनराजर्सको जितमा मनिष पाण्डे नायक बने । उनले ४७ बलमा ६ छक्का र ४ चौकाको मद्दतमा ८३ रन जोडे । यस्तै विजय शङ्खरले ५१ बलमा ६ चौकाको मद्दतमा ५२ रनको योगदान गरे । यसअघि डेभिड वार्नर ४ र जोनि ब्रेस्ट्रो १० रन बनाएर जोफ्रा आर्चरको बलमा आउट भएका थिए ।

राजस्थानको लागि जोफ्रा आर्चरले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए । जितसँगै सनराइजर्स हैरबाद १० खेलमा ४ जित र ६ हार सहित ८ अङ्क जोड्दै पाँचौ स्थानमा उक्लिएको छ । राजस्थान ११ खेलमा ४ जित र ७ हार सहित तालिकाको सातौँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *