पोखरा विश्वविद्यालयमा दशैँलगतै कक्षा सञ्चालन हुने

क्षितिज पाैडेल

पोखरा । पोखरा विश्वविद्यालयमा दशैँलगत्तै नियमित कक्षा सञ्चालन हुने भएको छ । कोरोना महामारीका कारण लामो समय अवरुद्ध भएका कारण घटस्थापनादेखि तिहारसम्मकाे बिदामा ठप्प हुँदैआएको विश्वविद्यालयको कक्षा दशैँलगत्तै सञ्चालन गर्न लागिएको हो ।

विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढाकालद्वारा बिहीबार राति सार्वजनिक सूचनामा “महाविद्यालयहरूको अनलाइन शैक्षिक क्रियाकलापलाई यसै शैक्षिक सत्रान्त्रमा व्यवस्थापन गर्न दशैँ तथा तिहारको बीचको समयमा पनि नियमानुसार शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने, गराउने” भनिएको छ ।

४० हजार विद्यार्थी रहेको पोखरा विश्वविद्यालयका आङ्गिक र सम्बन्धनप्राप्त सबै क्याम्पसमा दशैँ र तिहारको बीचमा नियमितरुपमा अनलाईन कक्षा सञ्चालन हुनेछन् ।

पछिल्लो वर्षमा उपकुलपति, रजिष्ट्रारलगायत प्रायः सबै महत्वपूर्ण पदहरू रिक्त हुँदै गएपछि विश्वविद्यालयको नियमित पठनपाठन, परीक्षा सञ्चालन, परीक्षाफल प्रकाशन, प्रमाणपत्र वितरणलगायत दैनिक प्रशासनिक एवम् प्राज्ञिक कार्यहरूमा खलल् पुग्न गई विश्वविद्यालयको शैक्षिकपात्रो समेत प्रभावित भएको थियो । पदाधिकारी नियुक्तिसँगै विश्वविद्यालयले अन्य शैक्षिक गतिविधि नियमित गराउने प्रयास गरिरहेको जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *