नेपाल फिफा वरियतामा १७० औँ स्थानमा यथावत

प्रज्जवल थापा

विश्व फूटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको फिफा वरियतामा नेपाल १ सय ७० औँ स्थानमा यथावत रहेको छ ।

कोरोना भाइरसको कारण अन्तर्राष्ट्रिय फूटबल ठप्प रहँदा नेपालको वरियतामा कुनै घटबढ भएन । अघिल्लो महिना पनि नेपाल १ सय ७० औँ स्थानमै रहेको थियो । दक्षिण एसियाली राष्ट्रमा भारत शिर्ष स्थानमा छ । भारत १ सय ८ औँ स्थानमा रहेको छ भने माल्दिभ्स १ सय ५५ औँ स्थानमा छ । नेपाल दशिण एसियाली राष्ट्रमा तेस्रो स्थानमा रहँदा भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान क्रमश: चौथो, पाँचौ, छैटौँ र सातौँ स्थानमा छन् । नेपालले नोभेम्बरमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ ।

वरियताको शिर्ष स्थानमा बेल्जियम रहेको छ । यस्तै फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङल्यान्ड चौथो र पोर्चुगल पाँचौ स्थानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *