गैँडाको खागसहित काठमाडौँमा एक जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैँडाको खागसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले संरक्षित वन्यजन्तु गैँडाको खाग कारोबारमा संलग्न रहेको अभियोगमा सुनसरीका ४९ वर्षीय राजेन्द्र रिजाललाई आज अपराह्न पक्राउ गरेको हो ।

रिजाललाई काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटीस्थित पासाङल्हामु चोक नजीक गैँडाको खाग बोकेर हिँडिरहेका अवस्थामा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अभियुक्तलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले कस्तुरीको विनासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित शालिक चोकबाट काभ्रेपलाञ्चोकका ३९ वर्षीय पासाङ लामा र ३६ वर्षीय रामकुमार लामालाई आज अपराह्न पक्राउ गरेको हो । अभियुक्तसँग प्रहरीले एक थान कस्तुरीको विना र चार थान मोबाइल बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *