गाउँपालिकाद्वारा दशैको टीका लगाउन रोक

हेटौंडा । कोरोना भाइरसको जोखि कायमै रहेको भन्दै मकवानपुरगढी गाउँपालिकाले यस वर्षको दशैंमा आफन्तकोमा टीका लगाउन जान गाउँपालिकाबासीलाई रोक लगाएको छ ।

गाउँपालिकाको स्थानीय विपद व्यवस्थापन समितिको बैठकले आफन्तकोमा गएर टिका लगाउने र आफन्तलाई टिका लगाउनका लागि आमन्त्रण गर्ने कार्य रोक्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले वताए ।
गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ ‘विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जोखिम उच्च हुँदै गएकोले दशैँ तथा तिहार घरमै बसी मनाउनु हुन, आफन्तजनलाई आमन्त्रणा नदिन तथा टिका थाप्ने प्रयोजनका लागि यसबर्षलाई आफन्तजकोमा जाने काम नगर्नु नगराउनु हुन त उच्च सतर्कताका साथ चाडपर्व मनाउन गाउँपलिकाबासीहरुलाई हार्दिक अनुरोध गर्दछ ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीद्वारा जारी सूचनामा दशैं तथा तिहार घर परिवारका सदस्य बीच मात्र मनाउनुपर्ने, टिका लगाउन आफन्तकोमा जान नपाइने, शक्तिपिठ, मन्दिरहरुमा नियमित पूजा मात्र हुने, सार्वजनिक स्थलमा भिडभाड गर्ने, पिङ, लङ्र्गुरबुर्जालगायतका खेलहरु खेल्न, खेलाउन नपाइने, जुवा,तास, ध्रुमपान, मध्यपानलगायतका कार्य नगर्ने, दशैंमा टिका लगाउने प्रयोजनका लागि हिडडुल गर्न नदिने, तिहारमा देउसी तथा भैलो खोल्न नपाइने लगायतका कुरा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *