प्रज्जवल थापा । युइएफए च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको खेलमा आज रियल म्याड्रिड र शाख्तार डोनेटस्क भिड्दै छन् । खेल नेपाली समय अनुसार राति १०ः४० बजे सुरु हुनेछ ।
नयाँ सिजन अन्तर्गत समुह चरणको पहिलो खेल जित्दै रियल म्याड्रिड प्रतियोगिताको सुखद सुरुवात गर्न चाहन्छ । घरेलु मैदान अल्फ्रेडो डि स्टेफेनोमा हुने खेलमा प्रतियोगिताको सार्वाधिक विजेता टोली म्याड्रिड कप्तान सेर्जियो रोमनबिना मैदान उत्रिनेछ । ला लिगाअन्तर्गत पछिल्लो खेलमा पराजित हुँदा रियल म्याड्रिडले केही पहिलो रोजाईको खेलाडीलाई आराम दिएको थियो ।
अग्रतपंक्तिमा करिम बेन्जिमालाई रोड्रिगो र मार्को एसेन्सियोले साथ दिने सम्भावना छ । कप्तान रोमसको स्थान इडर मिलिटाओले लिनेछन् । यता शख्तार आफ्नो पछिल्लो खेलमा अपराजित छ। त्यसैले राम्रो फर्ममा रहेको शख्तारले म्याड्रिडलाई राम्रो चुनौती दिनेछ । दुई टोली बीचको अन्तिम दुई खेल रियल म्याड्रिडले आफ्नो पोल्टामा पारेको छ ।
