विश्वका ४ करोड १० लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण

गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहानमा देखिएको कोरोना भाइरसबाट हाल विश्वका ४ करोड १० लाख २९ हजार २ सय ७९ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये ३ करोड ६ लाख २४ हजार २ सय ५५ जना जना संक्रमणमुक्त भएका छन्। यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख २९ हजार ४ सय ९२ पुगेको छ ।

संक्रमितमध्ये ९२ लाख ७५ हजार ५ सय भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ७७ हजार भन्दा बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या ८५ लाख २० हजार ३ सय ७ पुगेको छ । अमेरिकामा कोरोनाबाट दुई लाख २६ हजार १ सय ४९ जनाले ज्यान गुमाइसकेका छन् भने ५५ लाख ४५ हजार ६ सय १९ जना कोरोनामुक्त भएका छन् ।

त्यसैगरी छिकेकी मुलुक भारतमा ७६ लाख ४९ हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ भने ६७ लाख ९२ हजार ५ सय भन्दा बढी निको भएका छन् । भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख १५ हजार ९ सय ५० पुगेको छ ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५२ लाख ७४ हजार ८१७ पुगेको छ भने १ लाख ५४ हजार ८८८ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४७ लाख २१ हजार ५ सय भन्दा बढी निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *