पञ्जावद्वारा दिल्ली पराजित

 

प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आईपिएल) मा शीर्ष स्थानको दिल्ली क्यापिटल्सले हार बेहोरेको छ । मंगलबार भएको खेलमा दिल्ली किङ्स ११ पञ्जावसित ५ विकेटले पराजित भयो ।

दुबई अन्तर्रास्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको दिल्लीले शिखर धवनको सतकको मद्दतमा निर्धारित ओभरमा ५ विकेट गुमाएर १६४ रन जोड्यो । दिल्लीको लागि ओपनर शिखर धवनले ६१ बलमा १०६ रन जोडे । उनले १२ चौका र ३ छक्का प्रहार गरे। धवनको यो लगातर दोस्रो सतक हो। यस्तै कप्तान श्रेयस आयर र पन्तले समान १४ रन जोड्दा स्टोनोसले ९ र हेटमायरले १० रनको योगदान गरे ।

पञ्जावको लागि मोदमद सामिले ४ ओभर बलिङ गर्दै २८ रन दिएर २ विकेट लिए । ग्लेन म्याक्सवेल, नेशम र अश्विनले पनि १-१ विकेट लिए ।
१६५ रनको विजयी लक्ष्य पछ्याएको पञ्जावले १९ ओभरमा ५ विकेट गुमाएर १६७ रन बनाउँदै लक्ष्य भेट्टायो । ओपनर केल राहुल १५ रन र मयङ्क अग्रवाल ५ रनमा गुनाएको पञ्जावको लागि मध्यक्रममा ब्याट्सम्यानले राम्रो प्रदर्शन गरे । क्रिस गेलले १३ बलमा ३ चौका र २ छक्का सहित २९ रन जोडे। निकलोस पोरानले २८ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ५३ रन जोडे। यस्तै ग्लेन म्याक्सवेलले ३२, दिपक होन्डाले १५, जेम्स नेशमले १० रनको योगदान गरे ।

दिल्लीको लागि कगिसो रबडाले ४ ओभरमा २७ रन खर्चिदै २ विकेट लिए। अक्सर पटेलले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिदा रवीचन्द्र अश्विनले पनि १ विकेट लिए । जितसँगै पञ्जाव लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने दिल्ली शीर्ष स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *