प्रज्जवल थापा । युइएफए च्यामियन्स लिगको समूह चरण अन्तर्गत समूह ’जि’ को पहिलो चरणको खेलमा बार्सिलोनाले फेरेन्साव्रोसीको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।
बार्सिलोनाको घरेलु मैदान क्याप नोउमा हुने खेलमा बार्सिलोना जित सहित लिगमा सुखद सुरुवात गर्न चाहन्छ। अघिल्लो सिजन क्वाटरफाइनलमा बार्सिलोना बार्यन म्युनिखसित ८-२ को लज्जास्पद हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको थियो ।
स्पेनिस लिगअन्तर्गत पछिल्लो खेलमा गेफाटेसित पराजित भएको बार्सिलोना यस खेल जित्दै घाउमा मलाम लाउन चाहन्छ । यता फेरेन्साव्रोसी भने पछिल्लो ११ खेलमा अपराजित छ । हङ्गेरीको शीर्ष डिभिजनको लिगमा फेरेन्साव्रोसी ५ खेलमा अपराजित रहदै १३ अङ्क सहित शीर्ष स्थानमा छ ।
बार्सिलोनाका पहिलो रोजाइका गोलकिपर मार्क आन्द्रे टेर स्टेगन घुँडाको चोटको कारण खेलमा उपस्थित हुने छैनन् । त्यस्तै बार्सिलोनाको गोलपोस्ट नेटोले समाल्नेछन् । यस्तै फुल ब्याक जोडी अल्बा पनि घाइते भएका कारण खेलमा उपस्थित हुने छैनन् । समूहकै अर्को खेलमा युभेन्टसले ड्यानामो किभको सामना गर्नेछ।
