च्याम्पियन्स लिगः ड्यानामो किभ र युभेन्टस भिड्दै

प्रज्जवल थापा । युइएफए च्याम्पियन्स लिगअन्तर्गत समूह चरणका खेल आजबाट शुरु हुँदैछन् । समूह ’जि’ अन्तर्गत आज पहिलो खेलमा युभेन्टसले ड्यानामो किभको सामना गर्नेछ।

किभको घरेलु मैदानमा हुने खेलमा युभेन्टस स्टार खेलाडी क्रिस्ट्यानो रोनाल्डोबिना मैदान उत्रिनेछ। च्याम्पियन्स लिग इतिहासका सार्वाधिक गोलकर्ता रोनाल्डो कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अहिले सेल्फ आइसोलेसनमा छन् । दुबै टोली अहिले उच्च फर्ममा छन् । युभेन्टस आफ्नो पछि ६ खेलमा अपराजित छ भने किभ १० खेलमा अपराजित छ ।

यस्तै सोही समयमा समूह ’एफ’ अन्तर्गत खेलमा जेनिटले क्लब ब्रुगको सामना गर्नेछ । यी दुई टोली बीचको अन्तिम खेल बराबरीमा सकिएको थियो । दुबै खेलको प्रत्यक्ष प्रशारण भारतीय च्यानल सोनी टेनले गर्नेछ ।
खेलको समय तालिका (नेपाली समय)
ड्यानामो किभ विरुद्ध युभेन्टस (राति १०ः४० बजे)
जेनिट विरुद्ध क्लब ब्रुग (राति १०ः४५ बजे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *