काठमाडौं । सत्तारुढ नेकपाका सांसद एवं पूर्वमन्त्री गोकर्ण विष्टले दशैं भत्ता फिर्ता गरेका छन् । दशैं खर्चको नाममा दिन लागेको सुविधा बापतको रकम विष्टले संसद सचिवालयलाई चेकमार्फत फिर्ता गरेका हुन् ।
उनले आम नागरिक चरम पीडा भोगिरहेको र देशमा गम्भीर संकट थपिँदै गएको अवस्थामा सांसदको हैसियतमा दशैं खर्चको नाममा सुविधा लिने कुरा सामाजिक न्यायको हिसाबले पनि उचित नभएको उल्लेख गरेका छन् ।

