सुपर ओभरमा पञ्जाव विजयी

प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आइपिएल) मा सुपर ओभरमा पञ्जाव विजयी भएको छ । आइतबार भएको दोस्रो खेलमा किङ्स ११ पञ्जावले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्यो ।

पहिलो सुपर ओभरमा पञ्जावले ७ रनको विजयी लक्ष्य दिएको थियो तर मुम्बईले ५ रनमात्र बनाउन सकेपछि खेल दोस्रो सुपर ओभरमा धकेलिएको थियो । दोस्रो सुपर ओभरमा मुम्बईले दिएको १२ रनको लक्ष्य ओभरको चौथो बलमा मयङ्क अग्रवालले चौका प्रहार गर्दै पंन्जावलाई जित दिलाए ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा मुम्बईले टस जित्दै ब्याटिङ गर्न उत्रिएको थियो । मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनायो । मुम्बईको लागि ओपनर क्विन्टिन डिककले सार्वाधिक ५३ रन जोडे । उनले ४३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै कुर्नाल पाण्डेयले ३० बलमा ४ चौका र १ छक्काको मद्दतमा ३४ रन जोडे। पोलार्डले विस्फोटक ब्याटिङ गर्दै १२ बलमा ३४ रन जोडे । उनले ४ छक्का र १ चौका प्रहार गरे । यस्तै काउन्टर निलले २४ रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

पञ्जावको लागि मोहमद सामीले ४ ओभर बलिङ गर्दै ३० रन दिएर २ विकेट लिए । अर्शदिप सिंहले ३ ओभरमा ३५ रन खर्चेर २ विकेट लिदा क्रिस जोडान र रवि विश्वनिले १ -१ विकेट लिए।

१७७ रनको विजयी लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ५ विकेटको क्षतिमा १७६ रन नै बनायो । पञ्जावको लागि कप्तान केएल राहुलले ५१ बलमा ७७ रन जोडे । उनले ७ चौका र ३ छक्का प्रहार गरे । मयङ्क अग्रवालले ११, गेल र पोरानले २४, दीपक होन्डाले २३ र क्रिस जोर्डानले १३ रनको योगदान गरे ।

मुम्बईको लागि जस्प्रित बुम्राले ४ ओभरमा २४ रन जोडेर ३ विकेट लिए । राहुल चहारले ४ ओभरमा ३३ रन दिएर २ विकेट लिए । जितसँगै पञ्जाव ६ अङ्कको साथ छैटौं स्थानमा उक्लिएको छ भने पञ्जाव दोस्रो स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *