काठमाडौं । नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमबीच नेपालको पर्यटन प्रबद्र्धनका विभिन्न पक्षहरूका सम्बन्धमा सहकार्य गर्ने गरी सम्झौता भएको छ । सम्झौतापत्रमा आइतबार नेपाल पर्यटन बोर्डका तर्फबाट कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी र नेपाल वायुसेवा निगम महाप्रबन्धक डीमप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।
यो सम्झौताले अन्तर्राष्ट्रिय रुपमा आयोजना हुने संयुक्त प्रबद्र्धनात्मक कार्य, परिचयात्मक भ्रमण, ब्रान्डिङ, नेपालमा आयोजना गरिने अन्तर्राष्ट्रिय स्तरका पर्यटन सम्बन्धित कार्यक्रमहरु जस्ता विभिन्न क्षेत्रहरुमा सहकार्य गर्ने कुरा सुनिश्चित गरेको निगमले जनाएको छ ।
