तालिबानको अल कायदासँग सम्बन्ध रहेको राष्ट्रसंघका अधिकारीको दाबी

एक सयुक्त राष्ट्रसघीय अधिकारीले तालिबानहरुले अल कायदा नामक एक आतंककारी सगठनसँग सम्बन्ध राखिरहेको बताएका छन् । अल कायदाका नेता आइमन अल जवाहारीले तालिबानी संगठनसँग सम्बन्ध राखिरहेको ती अधिकारीले जनाएका हुन् ।

अल कायदा र तालिबानी सम्बन्धको सयुक्त राष्ट्रसघीय अधिकारी अनुगमन सम्बन्धी निकायका एकजना अधिकारी एडमण्ड फिटन ब्राउनले सो कुराको जानकारी दिएका हुन् ।

उनले तालिबान र अल कायदाका बीचमा अहिले पनि राम्रो सम्बन्ध रहेको र आपसमा उनीहरुले काम गरिरहेको जानकारी दिए । यता अल कायदासँग आफूहरुको कुनै पनि सम्बन्ध नरहेको भन्दै तालिबानहरुले अमेरिकालाई विश्वस्त गरिरहेको बताइएका बेला उता ती सयुक्त राष्ट्रसघीय अधिकारीले यी दुई बीच सम्बन्ध रहेको सार्वजनिक अभिव्यक्ति दिएका हुन् ।

हाल तालिबान अमेरिकाको मध्यस्थतामा अफगानिस्तानको सरकारसँग शान्ति वार्तामा रहेका छन् । उनीहरु शान्ति वार्तामा रहेका बेला यो कुरा सार्वजनिक भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *