रोनाल्डो बिना युभेन्टसको बराबरी

प्रज्जवल थापा । स्टार खेलाडी क्रिस्ट्यानो रोनाल्डोबिना मैदान उत्रिएको युभेन्टस बराबरीमा रोकिएको छ । शनिबार राति सिरि ए अन्तर्गत भएको खेलमा युभेन्टस क्रोटोनसित १-१ को बराबरीमा रोकिएको हो ।

युभेन्टसको मैदानमा भएको खेलमा घरेलु टोलीको लागि एल्भारो मोराटा र क्रोटोनको लागि सिमीले गोल गरे । खेलको १२ औ मिनेटमा सिमीले पेनाल्टीमार्फत गोल गर्दै पाहुना टोलिलाई खेलमा अगाडि बढाएका थिए ।

२१औं मिनेटमा फेडेरिको चिइसाको पासमा अल्भारो मोराटाले गोल गर्दै युभेन्टसलाई खेलमा फर्काए । थप समयमा दुबै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको हो ।

स्टार खेलाडी रोनाल्डो कोरोना सङ्क्रमण भएपछि खेलमा उपस्थित थिएनन् । बराबरीपछि युभेन्ट्स ४ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *