काठमाडौंको नागार्जुन नगरपालिका कोरोना संक्रमणको हब बन्दै

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका कोरोना संक्रमणको हब बन्दै गएको छ । नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत र उनकी श्रीमती उर्मिला बस्नेत, उपमेयर सुशीला खत्री तथा उनका श्रीमान श्याम खत्री र उनका दुई छोरामा समेत कोरोना संक्रमण भई भर्खरै निको भएका छन् ।

त्यसैगरी सहकारी विकास बैंकका सल्लाहकार एवं  बहुआयामिक कृषि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुवप्रसाद खनाल र सदस्य दीपक प्रसाद खनाललाई पनि कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी अध्यक्ष खनालकी छोरी, भाइ बुहारी लगायत नगरपालिकाका वडा नम्बर चार, पाँच र ६ मा गरी दुई सय भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । संक्रमितको संख्या बढ्दै गएको भन्दै मेयर बस्नेतले आमनागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *