थाइल्याण्डको आन्दोलन अनुगमन गरिरहेको राष्ट्रंघीय मानवअधिकार उच्चायोगको भनाई

संयुक्त राष्ट्रंघीय मानवअधिकारसम्बन्धी उच्च आयोगले थाइल्याण्डको आन्दोलनलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ । थाइल्याण्डको आन्दोलनलाई नजिकबाटै अनुगमन गरिरहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले जानकारी दिएका छन् ।

उनले संयुक्त राष्ट्रसंघको त्यस अनुगमनबाट हेर्दा थाइल्याण्डका नागरिकले शान्तिपूर्ण रुपमा आन्दोलन गर्न पाउनुपर्ने पनि बताएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ता डुजारिकले पत्रकार सम्मेलनमा भने– हामीले यस आन्दोलनलाई धेरै नै नजिकबाट अनुगमन गरिरहेका छौँ, यहाँका प्रदर्शनकारी र यहाँका सरकारी अधिकारीहरुको निकटमै रहेर हामीले यस आन्दोलनको अनुगमन गरिरहेका छौँ ।

उनले संसारमा नै हरेक देशका नागरिकहरुले आफ्ना मागहरु राखेर प्रजातान्त्रिक रुपमा र शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने अधिकार रहेको पनि बताए । हरेक नागरिकले बिना हातहतियार शान्तिपूर्ण रुपमा प्रदर्शन गरेर आफ्ना मागहरु राख्ने अधिकार पाउने र त्यो अधिकार थाइल्याण्डले पनि दिनुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *