ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयका अत्यावश्यकबाहेकका सेवा आइतबारदेखि बन्द

काठमाडौं । कोरोना संक्रमण उच्च भएको भन्दै ललितपुरमा आइतबारदेखि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना जारी गरी सेवा बन्द गर्न लागेको जनाएको छ ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जारी गरेको सूचनामा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले सरोकारवाला निकाय, स्वास्थ्यविज्ञ, सुरक्षा निकायलगायतसँगको छलफलपछि आइतबारदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि यस्तो निर्णय गरिएको उल्लेख छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि कार्यालयका अत्यावश्यक वाहेकका सेवा बन्द गरेको जनाएको छ । कोभिड १९ को संक्रमण बढेर अवस्था भयावह बन्नसक्ने उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको सूचनामा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *