मुम्बईको लगातार पाँचौ जित

प्रज्जवल थापा

काठमाडौँ । इन्डियन प्रिमियर लिग(आइपिएल) मा मुम्बई इन्डियन्सले लगातार पाँचौ जित निकालेको छ। शुक्रबार भएको खेलमा मुम्बईले कलकता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्यो।

सेख जायद रंगशालामा भएको खेलमा कलकताले टस जित्दै पहिले ब्याटिङ गर्न उत्रिएको थियो। कलकताले निर्धारित ओभरमा ५ विकेट गुमाउदै १४८ रन बनायो। मथिल्लो क्रमका ब्याट्सम्यान चल्न नसकेको खेलमा कप्तान मोर्गान र प्याट कमिङ्सले कलकतालाई सम्मानजनक स्कोरमा पुर्याए। दिनेश कार्तिकले कप्तानी पद इयोन मोर्गानलाई सुम्पिएपछी पहिलो खेलमै उनले २९ बलमा २ चौका र २ छक्काको मद्दतमा ३९ रन जोडे। प्याट कमिङ्सले ३६ बलमा ५३ रन जोडे। उनले ५ चौका र २ छक्का प्रहार गरे। अन्य ब्याट्सम्यान शुभ्मन गिलले २१ र आन्द्रे रसेलले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन्।

मुम्बईको लागि राहुल चहारले ४ ओभर बलिङ गर्दै १८ रन दिएर २ विकेट लिए। यस्तौ ट्रेन्ट बोल्ट, काउल्टर निल र बुम्राले १/१ विकेट लिए।

१४९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १६.५ ओभरमा दुई विकेटको क्षतिमा १४९ बनाएर सजिलै भेट्टायो। कप्तान रोहित शर्माले ३६ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३५ रन जोडे। क्विन्टिन डि ककले ४४ बलमा सार्वधिक ७८ रन जोडे। उनले ९ चौका र ३ छक्का प्रहार गरे। शुर्यकुमार यादव १० रन बनाएर आउट हुदा हार्दिक पाण्ड्य ११ बलमा ३ चौका र १ छक्काको मद्दतमा २१ रन जोडेर नटआउट रहे।

वरुन चक्रवतिले ४ ओभरमा २३ रन दिएर १ विकेट लिए। शिभम माविले ३ ओभरमा २४ रन दिएर १ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *