काठमाडौं । पूर्वसांसद तथा शिक्षाध्यक्ष प्राडा राममान श्रेष्ठको निधन भएको छ । प्रोस्टेट क्यान्सरका कारण ८२ वर्षको उमेरमा श्रेष्ठको शुक्रबार निधन भएको हो । उनले ३५ वर्ष त्रिभुवन विश्वविद्यालयमा बिताएका थिए। श्रेष्ठ २०५४ सालदेखि २०६० सालसम्म संसदको माथिल्लो सदन राष्ट्रियसभामा तत्कालीन नेकपा एमालेका तर्फबाट सांसद पनि बनेका थिए ।
