पञ्जावको दोस्रो जित, बैंगलोर पराजित

प्रज्जवल थापा । किङ्स ११ पञ्जावले इन्डियन प्रिमियर लिग(आइपिएल) मा दोस्रो जित निकालेको छ । बिहीबार राति भएको खेलमा पञ्जावले अन्तिम बलमा जित निकाल्ने क्रममा रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गर्यो ।

टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको बैंगलोरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७१ रन बनायो । ओपनर एरोन फिन्च १८ बलमा २ चौका र १ छक्काको मद्दतमा २० रन बनाएर आउट भए । देवदत्त पडिक्कलले १८ रन जोड्दा वासिङ्टन सुन्दर १३ रनमा पभिलियन फर्किए ।

शिभम डुबेले १९ बलमा २ छक्काको मद्दतमा २३ रन बनाए । डिभिल्लियर्स २ रनमा आउट भए । कप्तान विराट कोइलीले टोलीको लागि सर्वाधिक ४८ रन बनाए । उनले ३९ बलमा ३ चौका प्रहार गरे । अन्त्यमा ब्याटिङ गर्न आएका क्रिस मोरिसले विस्फोटक ब्याटिङ गरेपछि बैंगलोर सम्मानजनक स्थितिमा पुगेको थियो । उनले ८ बलमा १ चौका र ३ छक्का सहित २५ रन बनाए । उडानाले ५ बलमा १ छक्का सहित १० रन जोडे ।

पञ्जावको लागि मुर्गान अश्विनले ४ ओभर बलिग गर्दै २३ रन दिएर २ विकेट लिए । मोहमद सामिले ४ ओभरमा ४५ रन दिएर २ विकेट लिँदा अर्शदीप सिंह र क्रिस जोर्डानले १-१ विकेट लिए ।

१७२ रनको विजय लक्ष्य पछ्याएको पंन्जावले अन्तिम बलमा २ विकेट गुमाउदै १७७ रन बनाएर जित निकाल्यो। पञ्जावको लागि कप्तान केएल राहुलले ४९ बलमा सर्वाधिक ६१ रन बनाए ।

उनले ५ छक्का र १ चौका प्रहार गरे । यस्तै अर्का ओपनर मयङ्क अग्रवालले २५ बलमा ४ चौका र ३ छक्का सहित ४५ रन जोडे । सिजनको पहिलो खेल खेलेका क्रिस गेलले ४५ बलमा १ चौका र ५ छक्काको मद्दतमा ५३ रन बनाए । निकोलोस पोरानले १ बलमा ६ रन जोडे ।

बैंगलोरको लागि युज्वेन्द्र चहालले ३ ओभर बलिङ गर्दै ३५ रन दिएर १ विकेट लिए । जितसँगै पञ्जाव४ अङकसहित लिगक अन्तिम स्थानमा यथावत छ भने बैंगलोर १० अङ्क सहित तेस्रो स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *