प्रतिनिधिसभाकी सांसद सानु सिवा पहाडीको निधन

काठमाडौं । सत्तारुढ नेकपाकातर्फबाट प्रतिनिधिसभामाकी सांसद सानु सिवा पहाडीको निधन भएको छ । पहाडीको उपचारका क्रममा बुधबार बिहान निधन भएको हो ।

मृगौलाको उपचार गराइरहेकी उनको स्वास्थ्यमा थप समस्या आएपछि केही दिन अघि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी इलामबाट नेकपाको समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले पहाडीको असामयिक निधन भएकोमा दुःख व्यक्त गरेका छन् । ट्वीटमार्फत प्रधानमन्त्रीले पहाडीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *