नेयमारको ह्याट्रिकमा ब्राजिल विजयी

प्रज्जवल थापा । नेयमार जुनियरको ह्याट्रिकको सहयोगमा ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोट खेलमा विजय हात पारेको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले पेरुलाई ४-२ गोलले पराजित गरेको हो ।

ब्राजिलको जितमा नेयमारले ह्याट्रिक पूरा गर्दा रिचार्डलिसनले एक गोल गरे । घरेलु टोलीका लागि आन्द्रे कारिलो र रेनाटो तापियाले गोल गरे । खेलको छैटौं मिनेटमा घरेलु टोलीले आन्द्रे कारिलोको गोलमा अग्रता लिएको थियो। २६ औ मिनेटमा योटनले नेयमारलाई पेनाल्टी क्षेत्रमा हातले तानेपछी ब्राजिलले पेनाल्टी पायो। सोही पेनाल्टीमा नेयमारले कुनै गल्ती नगरी गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याए।

५९ औ मिनेटमा रेनाटो तापियाले गोल गर्दै पेरुलाई खेलमा फेरि अगाडि बढाएका थिए । तर ५ मिनेटपछि फर्मोनोको पासमा रिचार्डलिसनले गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याए । ८१ औं मिनेट पेरुका खेलाडी पेनाल्टी बक्समा फवल गरेपछि ब्राजिलले खेलको दोस्रो पेनाल्टी पायो। सोही पेनाल्टीमा गोल गर्दै नेयमारले ब्राजिललाई खेलमा ३-२ गोलले अगाडि बढाए । खेलको ८६ र ८९ औ मिनेटमा पेरुका खेलाडीले रातो कार्ड खादै मैदान छोडेपछि अन्तिम मिनेटमा पेरु ९ खेलाडीमा सीमित भएको थियो।

खेलको अतिरिक्त समयमा पोस्टमा लागेर फर्किएको बललाई पोस्ट नजिकैबाट गोल गर्दै नेयमारले ह्याट्रिक पूरा गरे। यससँगै नेयमार(६४) ब्राजिलको लागि सार्वधिक गोल गर्ने खेलाडीमा रोनाल्डो(६२) लाई पछाडि पार्दै दोस्रो स्थानमा उक्लिएका छन्। ब्राजिलको लागि पेले(७७) ले सार्वधिक गोल गरेका छन्। जितसँगै ब्राजिल २ खेलमा सतप्रतिशत जित निकाल्दै ६ अङको साथ लिगको शीर्ष स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *