अर्जेन्टिनाको लगातार दोस्रो जित

प्रज्जवल थापा । दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिनाले बोलिभियालाई २-१ गोल अन्तरले हराउदै लगातार दोस्रो जित निकालेको छ ।
बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाको जितमा लोउटारो मार्टिनेज र जोआकिव्न कोरेआले गोल गर्दै घरेलु टोलीका मार्सेलो मोरेनोले गरेको गोल सान्त्वनामा सीमित रह्यो। खेलको २४औं मिनेटमा मार्सेलो मोरेनोले गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाएका थिए।

४५औं मिनेटमा मार्टिनेजले गोल गरेपछि अर्जेन्टिना १–१ गोलको स्थितिमा आएको थियो। ७९औं मिनेटमा लोउटारो मार्टिनेजको पासमा जोआक्विन कोरेराले गोल गर्दै खेलमा अर्जेन्टिनालाई २–१ गोलले अगाडी बढाएका थिए। थप समयमा दुवै टोलीबाट गोल हुन नसक्दा अर्जेन्टिना विजयी भएको थियो ।

अर्काे खेलमा लुइस सुआरेजले दुई गोल गरेपनि उरुग्वेको हार टार्न सकेनन् । उरुग्वे इक्वेडरसँग ४–२ गोल अन्तरले पराजित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *