क्रिटियानो रोनाल्डोलाई कोरोना संक्रमण

 

पेरिस । बिश्वकै चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसबाट संक्रमित भएका छन्। युभेन्टसबाट खेल्दै आएका रोनाल्डोको पीसीआर रिपोर्ट पोजेटिभ आएको पोर्चुगिज फुटबल फेडेरेशनले जनाएको छ ।

रोनाल्डोको स्वास्थ्य अवस्था राम्रो रहेको र कुनै पनि लक्षण नदेखिएको फेडेरेसनले जनाएको छ । उनी अहिले आइसोलेशनमा बसेका छन् ।

पोर्चुगलको टिमका अरु खेलाडीलाई भने कोरोना भाइरसको संक्रमण देखिएको छैन । गएको आइतबार पोर्चुगलले फ्रान्ससँग गोलरहित बराबरी खेलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *