चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ की ३५ वर्षीया महिला रहेकी छन् ।
श्वासप्रश्वासको समस्याका कारण असोज २१ गते अस्पताल भर्ना भएकी उनमा २० गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उपचारका क्रममा उनको सोमबार दिउँसो चार बजे कोभिड सघन उपचार कक्षको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको लम्सालले जानकारी दिए ।
