हालान्डको ह्याट्रिकमा नर्वेको फराकिलो जित

प्रज्जवल थापा ।

एर्लिङ ब्राउट हालान्डलको ह्याट्रिकको सहयोगमा युइएफए नेसन्स लिगमा नर्वेले रोमानियालाई ४-० गोल अन्तरले पराजित गरेको छ ।
नर्वेको जितमा हालान्डले ह्याट्रिक पुरा गर्दा एलेक्सान्डर सोरलोथले एक गोल गरे। खेलमा घरेलु टोलीले खेलको १३औं मिनेटमा ओडेगार्डको पासमा हालान्डले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। ३९औं मिनेटमा एलेक्सान्डर सोरलोथले गोल गर्दा नर्वे खेलमा २-० गोलले अगाडि बढेको थियो।

६४औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई ३- ० गोलको अग्रता दिलाए । उनले मार्टिन ओडेगार्डको पासमा गोल गरे । ७४ औ मिनेटमा हालान्डले गोल गर्दै ह्याट्रिक पुरा गर्दै नर्वेलाई ४-० को फराकिलो जित दिलाए ।

जितसँगै नर्वेको लिग ‘बी’को समूह १ मा तीन खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। समूहको अर्काे खेलमा अष्ट्रियले नर्दन आयरल्यान्डमाथि १-० को जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *