गायिका पुजा तामाङको “आप्पाकी छोरी” बोलको गीत सार्वजनिक भएको छ । आपा र छोरीको माया, ममता र स्नेह प्रकट गरेको यस गीत वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको शब्द एवम् संगीत र एरेन्ज रहेको गीतमा गायिका पुजा तामाङको सुमधुर आवाज रहेको छ ।
प्रतिक ङ्यासुरको निर्देशनमा बनेको उक्त भिडियोमा चर्चित मोडल निरान्जली लामाको साथमा राजेन्द्र तामाङको प्रस्तुती रहेको छ भने निरान्जली लामाको आपाको रुपमा सेलो सम्राट चन्द्रकुमार दोङले आपाको भूमिका निर्वाह गरेका छन् । सुर्य लामाले छायांकन गरेको भिडियोलाई बज्र ङ्युसरले सम्पादन गरेका छन् ।
