काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ । मन्त्री पोखरेलको सचिवालयले उहाँलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँको सम्पर्कमा रहेकाहरुलाई सतर्क र सुरक्षित रहन सचिवालयले आग्रह गरेको छ । यसअघि शनिबार पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कारोना संक्रमण पुष्टि भएको थियो ।
