नेसन्स लिगमा फ्रान्स र पोर्चुगल भिड्दै

प्रज्जवल थापा ।

युइएफए नेसन्स लिगअन्तर्गत आज राति हुने खेलमा विश्वकप विजेता फ्रान्स र युरोपियन च्याम्पियन पोर्चुगल भिड्ने छन् । स्टेड डि फ्रान्समा हुने खेलमा दुबै टोली जितको लागि खल्नेछन् । लिगमा दुवै टोली अपराजित रहेका छन् ।

दुबै टोलीले आआफ्नो खेलमा स्वीडेन र क्रोसियालाई पराजित गरिसकेका छन् । लिगमा पोर्चुगल गोल अन्तरको आधारमा शीर्ष स्थानमा छ भने फ्रान्स दोस्रो स्थानमा छ ।

यी दुई टोलीबीचको भएको अन्तिम ३ खेलमा २ खेलमा फ्रान्स विजयी भएको छ भने एक खेलमा पोर्चुगल विजयी भएको थियो । सन् २०१६ मा पोर्चुगलले फ्रान्सलाई हराउँदै युरोकप जितेको थियो। खेल नेपाली समय अनुसार राति १२ः३० बजे सुरु हुनेछ । खेलको प्रत्क्षय प्रशारण भारतीय च्यानल सोनि टेन २ ले गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *