भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ चुनदेवीमा रोकीराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा गएराति चालकको मृत्यु भएको छ ।
बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको आइतबार बिहान मृत्यु भएको हो ।
भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण त्वाटीको डाक्टर इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । मोटरसाइकल पछाडि सवार ७ वर्षीया प्रमिला लामाको सोही अस्पतालमा उपचार भइरहेको छ ।