पेरिस । आकाशमा उडी रहेका दुई सानो विमान ठोक्किएर दुर्घटना हुंदा ५ जनाको मृत्यु भएको छ। फ्रान्सको पश्चिम–मध्य क्षेत्रमा विमान दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटना लगत्तै ५० जना अग्निनियन्त्रकसँगै आपतकालीन सेवाका उद्दारकर्मीहरु घटनास्थल पुगेका थिए । ठोक्किएर दुई विमान भूइँमा खसेका हुन्, तर जमिनमा रहेका कोहीलाई पनि केही भएन ।
