कोइलीको उत्कृष्ट प्रदर्शनमा बैंगलोरको जित

प्रज्जवल थापा ।

कप्तान विराट कोइलीको सनदार प्रदर्शनको मद्दतमा रोयल च्यालेजर्स बैंगलोरले इन्डियन प्रिमियर लिग(आइपिएल)मा चौथो जित दर्ता गरेको छ । शनिबार भएको खेलमा बैंगलोरले चेन्नाई सुपर किङ्सलाई ३७ रनले पराजित गरेको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको बैंगलोरले पूरा २० ओभर खेल्दै १६९ रन बनाएको थियो । बैंगलोरको लागि कप्तान विराट कोइलीले उत्कृष्ट इनिङ्स खेले।

उनले ५२ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ९० रन बनाए। यस्तै ओपनर देवदत्त पडिक्कलले ३४ बलमा ३३ रन जोडे। अर्का ओपनर फिन्च २ रनमा पभिलियन फर्किदा डि भिल्लर्सले खाता खोल्नपनी सकेनन्। वासिङ्टन सुन्दरले १० रन जोडेर आउट हुँदा सिभम डुवेले महत्त्वपूर्ण २२ रन जोडे। उनले १४ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

चेन्नाईको लागि बलिङमा शर्धुल ठाकुरले ४० रन दिएर २ विकेट लिए। यस्तै दिपक चाहरले ३ ओभरमा १० रन दिएर १ विकेट लिदा साम कुरानले ४ ओभरमा ४८ रन दिएर १ विकेट लिए।

१७० रनको विजयी लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ८ विकेटको क्षतिमा मात्र १३२ बनाउन सक्यो। चेन्नाईको लागि अम्बती राउडुले सार्वाधिक ४२ रन बनाए । उनले ४० बलमा ४ चौका प्रहार गरे ।

यस्तै ओपनर शेन वाट्सन १८ बलमा ३ चौका सहित १४ रन बनाउदा फाफ डुपेल्सी ८ रन बनाएर आउट भए । जगदेसान २८ बलमा ४ चौका सहित ३३ रन बनाएर रन आउट भए। कप्तान महेन्द्र सिह धोनी ६ बलमा १ छक्का सहित १० रन बनाएर आउट हुदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क बनाउन सकेनन्।

बैंगलोरको लागि डेब्यु खेल खेलेका क्रिस मोरिसले ४ ओभर बलिङ गर्दै १९ रन दिएर सार्वधिक ३ विकेट लिए। वासिङटन सुन्दरले ३ ओभरमा १६ रन दिएर २ विकेट लिदा उडाना र चहालको नाममा १- १ विकेट रह्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *